वडा हाँक्ने जिम्मेवारी २५ वर्षीय युवा जोशीलाई

वडा हाँक्ने जिम्मेवारी २५ वर्षीय युवा जोशीलाई

दार्चुला । यसपालिको स्थानीय तह निर्वाचनमा युवाहरुको सहभागिता र आकर्षण बढ्दो छ । युवाहरु मध्येका एक हुन् शिवराज जोशी । वर्षले २५ पुगेका जोशी गत शुक्रवार भएको स्थानीय तहको निर्वाचनबाट लेकम गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा निर्वाचित भए । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका जोशीले ५ सय ५८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिमा सकृय जोशीले स्थानीय निर्वाचनमा उम्मेदवार बनी लड्दा विजय हासिल गरे । लेकम गाउँपालिका–२ कनौडा निवासी जोशी नेपाली काँग्रेस लेकम गाउँपालिका सचिव तथा नेपाल विद्यार्थी संघ लेकम गाउँपालिका संयोजक हुन् । वडाअध्यक्ष जोशीले जनताको पक्षमा जनसेवक भएर इमान्दारीतापूर्वक काम गर्ने बताए । यसपालिको स्थानीय निर्वाचनमा धेरै युवाहरु जनप्रतिनिधि चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।