शैल्यशिखर प्रमुख र उपप्रमुखसहित ८ वडामा एमालेको क्लिन स्विप

गोकुलेश्वर । स्थानीय तह निर्वाचन २०७९मा शैल्यशिखर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखसहित ८ वडामा नेकपा एमालेका उम्मेदवारहरुले क्लिन स्विप गरेका छन्।
नगरप्रमुखमा एमालेका विजयसिंह धामीले ५५०९ मत ल्याइ विजय हुँदा उनका प्रतिद्धन्द्धी कांग्रेसका अमरसिंह धामीले ४६६२ मत ल्याएर पराजित भए।
नगर उपप्रमुखमा एमालेका शान्ती खडायतले सर्वाधिक ५६४८ मत ल्याइ विजय हुँदा उनका प्रतिद्धन्द्धी कांग्रेसका राजमती बम पाल ४५७५ मत ल्याएर पराजित भए।
९ वटा रहेको शैल्यशिखरमा नेकपा एमालेले ८ वडामा विजय हासिल गरेको । ६ नम्बर वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगदिशसिंह धामी प्यानलसिहत विजय हुँदा अन्य वडाहरुमा भने एमालेका उम्मेदवारहरु प्यानलसहित विजयी भए।