शैल्यशिखरमा कांग्रेसको विरासत बचाउने एकमात्र युवा वडाध्यक्ष

शैल्यशिखरमा कांग्रेसको विरासत बचाउने एकमात्र युवा वडाध्यक्ष

गोकुलेश्वर । २०७४ सालको स्थानीय चुनावमा कांग्रेसको दबदवा रहेको शैल्यशिखर नगरपालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा नगरपालिकाभरी शून्य जस्तै रह्यो।

२०७४ सालमा ६ वडासहित मेयर र उपमेयरमा पनि कांग्रेसले नै बाजी मारेको शैल्यशिखरमा २०७९ को चुनावमा पनि कांग्रेस गठबन्धनका साथ चुनावी नतिजा आफ्नै पक्षमा पार्ने विश्वस्तका साथ चुनाव लडिरहेको थियो।

तर मतगणना सकिदाँसम्म शैल्यशिखरका ९ वडामध्ये ८ ओटा वडाहरुमा नेकपा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएभने मेयर र उपमेयरमा पनि एमालेकै भागमा पर्यो।

सबैवडाहरुमा एमालेले क्लीन स्विप गरिरहँदा पहिलो पटक वडाध्यक्षको टिकट पाएका शैल्यशिखरकै सबैभन्दा कान्छा युवा उम्मेदवार जगदिशसिंह धामीले भने कांग्रेसको विरासत शून्यमा झर्नबाट जोगाए।

उनको वडा रहेको शैल्यशिखर नगरपालिका-६ एमाले र कांग्रेसका मेयरका उम्मेदवारहरुको प्रतिष्ठाको विषयपनि रहेका थियो। दुईटै पालिका मेयरका उम्मेदवारहरुको गृह वडा रहेको ६ नम्बर भने निर्वाचित भएका वडाध्यक्ष धामीकै कारण कांग्रेसले आफ्नो विरासत जोगाउन सफल रह्यो।

उनी आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई १६९ मतले पछि पार्दै उनीले आफ्नो पुरै प्यानलसिहत जितको रातो टिका लगाउन सफल रहे।

उनले ८४१ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले ६७२ मत ल्याएर पराजित भए।

सोही वडामा एमालेका निर्वाचित मेयर विजयसिंह धामीले ६५७ मत ल्याउँदा कांग्रेसका उम्मेदवार अमरसिंह धामीले भने ८६२ मत ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *