शैल्यशिखर-१ मा एमाले विजयी, पालिकामा पनि एमालेको अग्रता

शैल्यशिखर-१ मा एमाले विजयी, पालिकामा पनि एमालेको अग्रता

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। उनले ५९८ मत ल्याएका छन्।

उनका प्रतिद्धन्द्धि कांग्रेसका धर्म बहादुर खडायतले ५५९ मत ल्याइ पराजित भएका छन्।

निवर्तमान वडाध्यक्षसमेत रहेका भरत बहादुर खडायत पुरै प्यानलसहित विजयी भएका हुन् भने नगरपालिकामा पनि एमालेको अग्रता रहेको छ।

वडा नम्बर १ को सम्पूर्ण मत ११८८ मत गणना हुदाँ नगरप्रमुखमा एमालेबाट उम्मेदवार विजयीसिंह धामी ६०६ मतका साथ अग्र स्थानमा रहेका छन्। कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार अमरसिंह धामी ५४२ मत प्राप्त गरेका छन्।

त्यस्तै नगरउपप्रमुखमा एमालेका शान्ती खडायत ६४१ मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका राजमती बम पालले ५१९ मत ल्याएका छन्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।