नौगाड-१मा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी, गठबन्धनको अग्रता कायमै

गोकुलेश्वर । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन्।
नौगाड-१ मा वडाध्यक्षमा कांग्रस वडाध्यक्षका उम्मेदवारले हरीलाल सिंह महता ६९९ मतका साथ विजयी भएका हुन्। उनीसहित उनको प्यानलनै विजयी भएको छ। यस्तै उनका प्रतिद्धन्द्धि नेकपा एमालेका करन सिंह डडालले ४६९ मत ल्याएका छन्।
यस्तै पालिका अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका दलजीत सिंह धामीले ६८३ मत प्राप्त गरेका छन् भने एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीको ४७४ मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धन तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार जगतसिंह ठगुन्नाको ७०६ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार गौरीदेबि ठगुन्नाले ४५१ मत प्राप्त गरेका छन्।