बैतडीको सुर्नया–१ मा एमालेका उम्मेदवार विजयी

बैतडीको सुर्नया–१ मा एमालेका उम्मेदवार विजयी

गोकुलेश्वर। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका वडा अध्यक्ष उम्मेदवार धनबहादुर चन्द प्यानलसहित विजयी भएका हुन्।

चन्दले १ सय ५५ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १ सय १५ मत ल्याएका छन्। वडाका सबै सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *