नौगाडमा गठबन्धनको अग्रता

नौगाडमा गठबन्धनको अग्रता

गोकुलेश्वर । स्थानीय निर्वाचनको प्रारम्भीक मतपरिणाम अनुसार नौगाड गाउँपालिकाका गठबन्धनले अग्रता लिएको छ।

नौगाड-१ को ८०० मत गणना गर्दा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको हो। गठबन्धका अध्यक्ष उम्मेदवार दलजित सिंह धामीले ४८७ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीको २८० मत प्राप्त गरेका छन्।

यस्तै गठबन्धन तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार जगतसिंह ठगुन्नाको ५०० मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार गौरीदेबि ठगुन्नाले २५७ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *