शैल्यशिखरमा ७० प्रतिशत बढी मत खस्यो

गोकुलेश्वर। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र रहेको शैल्यशिखर नगरपालिकामा करिब ७० प्रतिशत भन्दा बढी मत खसेको छ। निर्वाचन अधिकृत हरिसिंह धामीले स्थानीय निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको भन्दै सहयोगी सबैलाई धन्यवाद दिएका छन्।
ग्वानीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच सामान्य झडपबाहेक अन्यत्र शान्तिपूर्ण ढंगले मतदान कार्य सम्पन्न भएको छ। ग्वानीमा केही समय चुनावी प्रकृया रोकिएपनि सहमतिमा पुनः सुरु गरिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि पाँच राउण्ड हवाई फायरसमेत गरेको थियो।
निर्वाचन अधिकृत धामीले भने, ‘पशुपति भवन मावि केन्द्रमा त्यस्तो अवस्था आएपनि त्यसपछि सर्वदलीय सहमति अनुसार मतदान कार्य पुनः सुरु भएको थियो।’
ग्वानीमा सामान्य घटना भएपनि शैल्यशिखरका अरु ८ वडामा शान्तिपूर्ण, भयरहीत र स्वतन्त्रपूर्वक मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेको निर्वाचन अधिकृत धामीले बताए। ‘म यसका लागि सम्पूर्ण राजनीतिक दल तथा मतदाताहरुलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘मतगणना कार्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छु।’