स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना १३ जनाको मृत्यु, १२ घाइते

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना १३ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा सवार १३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार जिप अनियन्त्रित भइ सडकबाट पाँचसय मिटर तल खस्दा १३ जनाको मृत्यु भएको हो। भने १२ घाइते भएका हुन्।

स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको हो। १२ जना घाईतेलाई उपचारको लागि पोखराको जीएमसी अस्पताल पठाइएको छ।

उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *