मतदानस्थलमा राइफल पड्कियो, मतदाताको भागाभाग

मतदानस्थलमा राइफल पड्कियो, मतदाताको भागाभाग

विराटनगर। सुनसरीमा मतदानस्थलको सुरक्षाका लागि खटिएका एकजना प्रहरी जवानले बोकेको राइफल अचानक पड्किएको छ। भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलमा खटिएका प्रहरी जवान विशेष याक्खाले बोकेको इन्सास राइफल आफै पड्किएको हो।

घटनामा कुनै मानवीय एवं भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ। राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताको भागाभाग भएको थियो। तर मतदान प्रक्रिया भने जारी छ। प्रदेश १ प्रहरी कार्यालयले घटनाका बारेमा छानबिन एवं अनुसन्धान हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *