मतदानपछि ओलीले भने: चुनाव सार्ने प्रधानमन्त्री देउवाको प्रस्ताव अस्वीकार गरेको थिएँ , एमालेकै कारण आज चुनाव भयो

मतदानपछि ओलीले भने: चुनाव सार्ने प्रधानमन्त्री देउवाको प्रस्ताव अस्वीकार गरेको थिएँ , एमालेकै कारण आज चुनाव भयो

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव आफूले पटकपटक अस्वीकार गरेको बताएका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा शुक्रबार मतदान गरेपछि पूर्वप्रधानमन्त्री ओलीले वैशाख ९ गतेसम्मसमेत प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन सार्न विभिन्न व्यक्तिमार्फत् आफूलाई प्रस्ताव पठाएको बताए।

उनले भने.’ प्रधानमन्त्री देउवाले निर्वाचन सारौं भन्ने गरेको प्रस्ताव आफूले अस्वीकार गरेकाले आज स्थानीय तहको निर्वाचन संभव भएको हो। म निर्वाचन सार्ने पक्षमा थिइनँ। गठबन्धनले निर्वाचन सार्न अनेकौं बाहना गरेको थियो।’

ओलीले एमालेका कारणले मात्र चुनाव संभव भएको बताए। उनले अब मुलुक दुई दलीय प्रणालीतर्फ उन्मुख भएको बताए। ‘ कांग्रेस एक्लै वडामा समेत चुनाव लड्ने हिम्मत गर्दैन। कांग्रेस गठबन्धन नै चाहन्छ,’उनले भने,’ एकतिर एमाले अर्कोतिर गठबन्धन।’

गठबन्धनको अर्को चैत्रमा मात्र स्थानीय तहको निर्वाचन गर्ने नियत भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *