वृद्धवृद्धा मतदाता बोकेको जिप दुर्घटना

काठमाडौं। स्याङ्जाको वालिङ-१४ अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना भएको छ। सिख्रेबाट वालिङ जान लागेको ग २ प ३०२६ नम्बरको जिप वालिङ-१४ अर्खलाबासमा दुर्घटना भएको हो।
दुर्घटनाबाट मानवीय क्षति भए पनि के कति क्षति भयो भन्नेबारे यकिन विवरण आइसकेको छैन। मतदान गर्न गएका वृद्धवृद्धा रहेको जिप दुर्घटना भएको हो।