रामेछापमा ११ राउन्ड गोली चल्यो, चार मतदान केन्द्रमा मतदान स्थगित

रामेछापमा ११ राउन्ड गोली चल्यो, चार मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।

स्थितिलाई नियन्त्रणमा लिन ७ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाको मानपुर मावि मतदान केन्द्रमा पनि दुई पक्षीय झडप भएपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको छ।

यो मतदान केन्द्रमा पनि अहिले मतदान प्रक्रिया स्थगित भएको छ। यस्तै मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदानस्थलमा पनि झडप भएपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ। यो मतदान केन्द्रमा पनि मतदान प्रक्रिया स्थगित भएको छ।

त्यसैगरी खाँडादेवी गाउँपालिका–५ पकरवास मतदान केन्द्रमा मतदाताको नाम नमिलेको भन्दै विवाद हुँदा त्यहाँ पनि मतदान प्रक्रिया स्थगित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।