सूर्य विजयी हुन्छ, गठबन्धनले हार स्वीकार गरिसक्यो : बादल

सूर्य विजयी हुन्छ, गठबन्धनले हार स्वीकार गरिसक्यो : बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले स्थानीय तहको निर्वाचनमा सूर्यको विजयी हुने बताएका छन् । भरतपुर १० नारायणी मावी केन्द्रबाट मतदान गरेपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले यो निर्वाचनमा सूर्यको विजय निश्चित भएको दावी गरे।

उनले भने, ‘गठबन्धनले हार स्वीकार गरिसकेको अवस्था छ । प्रचण्डले आज (शुक्रबार) जीत र हार जे भएपनि स्वीकार्नुपर्छ भन्नुभयो । त्यो कुराले पनि सूर्य चिन्हको जित भइसक्यो।’

उनले स्थानीय तह निर्वाचनले लोकतन्त्र सुदृढ गराउने र देशको विकासमा गति दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।