दार्चुलामा एजेन्टबीच विवाद हुँदा मतदान स्थगित

गोकुलेश्वर । दार्चुलाको दुहुँ गाउँपालिका-१ का उम्मेदवारका एजेन्टबीच विवाद हुँदा पिपलचौरी मावि मतदान केन्दको मतदान स्थगित भएको छ।
दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा एजेन्टबीच विवाद हुँदा मतदान स्थगित भएको हो।
अहिले समस्या समाधानका लागि सर्वपक्षीय छलफल भईरहेको प्रहरी प्रमुख विष्टले बताए।