हुम्लाको चंखेलीमा झडप, आठ राउन्ड हवाई फायर, मतदान अधिकृत घाइते

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा झडप भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच झडप भएको हो। चंखेलीको महादेव मतदान केन्द्रमा झडप हुँदा प्रहरीले आठ राउन्ड हवाई फायर गरेको थियो।
मतदान केन्द्रका अधिकृत कृष्णप्रसाद आचार्य घाइते भएको स्थानीयले बताएका छन्। केही समयका लागि मतदान रोकिएको छ।