चीनसंग सिमाना जोडिएको तिंकरमा खटियो प्रहरी

चीनसंग सिमाना जोडिएको तिंकरमा खटियो प्रहरी

 

गोकुलेश्वर । हिउँदमा दार्चुला सदरमुकाम खलंगा झरेको ब्याँस गाउँपालिका–१ तिंकरको प्रहरी चौकी गर्मीयाम सुरु भए संगै पुनः तिंकर सरेको छ।

गर्मीयामको ६ महिना त्यहाँ बस्ने प्रहरी चौकी हिउँदेयाममा चिसो छल्न खलंगा झर्ने गर्दछ। तिंकरमा बाक्लो हिमपात भएपछि गत कार्तिकमा त्यहाँको प्रहरी चौकी खलंगा झरेको थियो।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको सुरक्षा तथा सीमा सुरक्षा प्रहरी चौकी त्यहाँ सरेको दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

प्रहरी नायव निरिक्षक हर्क सिंह महताको कमाण्डमा ७ जनाको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत तिंकर पुगेको उनले बताए।नेपाली भूमीबाट तिंकरसम्म पुग्ने बाटो नभएका कारण नेपाली सेनासंगको समन्वयमा तिंकरको प्रहरी चौकीलाई आवश्यक हातहतियार, खाद्यान्नलगायत अन्य सामाग्रीसहित ७ जना प्रहरीको टोली त्यहाँ खटिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *