प्रचण्डलाई ओलीले दिए चकचके बाँदरको संज्ञा

प्रचण्डलाई ओलीले दिए चकचके बाँदरको संज्ञा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चकचके बाँदरको संज्ञा दिएको छन् । आज इटहरीमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘एउटा चकचके बाँदर रुखमा चढेर बदमासी गरिरहेको हुन्छ,’ प्रचण्डलाई बाँदरको संज्ञा दिँदै ओलीले भने, ‘प्रचण्ड त्यहि रुखमा चढेर चकचक गरिरहने बाँदर हो ।’

ओलीले एमालेसँग चुनाव हार्ने डरका कारण पाँच दलिय गठबन्धनले वडासम्म चुनावी तालमेल गरेको बताउँदै पाँच दलीय गठबन्धनलाई पराजित गर्न एमाले एक्लै काफी रहेको दाबी गरे। ओलीले लोकप्रियताका कारण वृद्धदेखि बालकसम्म सबैले आफूलाई ‘आइलभयू’ भन्न थालेको पनि बताए ।

त्यस्तै, ओलीले आफ्नो पार्टीका उम्मेदागवारहरूलाई निर्वाचित गराए धरान र इटहरीको विकासको जिम्मा आफूले लिने बताएका छन् । देशकै विकासको नेतृत्व गर्ने प्रतिवद्धता जनाएकाले आफ्ना उम्मेदवारलाई विजय गराए इटहरी र धरानलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *