दार्चुला : एमालेका दुई महिला उम्मेदवार निर्विरोध

गोकुलेश्वर । नेकपा एमालेबाट दार्चुलामा दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित हुनेमा मार्मा गाउँपालिकाका एक जना र अपिहिमाल गाउँपालिकाका एक जना सदस्य पदका उम्मेदवार रहेका छन्।
अपिहिमाल गाउँपालिका-३ बाट एमालेका दलित महिला सदस्य पदका उम्मेदवार सोभा टमटा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै मार्मा गाउँपालिका-५ मा नेकपा एमालेका महिला वडा सदस्य पदका उम्मेदवार कमला महता पनि निर्विरोध निर्वाचित भएको मार्मा गाउँपालिकाका निर्वाचन अधिकृत लवराज जोशीले जानकारी दिए।