डिलाशैनीमा उम्मेदवारमाथि नै खुकुरी प्रहार

डिलाशैनीमा उम्मेदवारमाथि नै खुकुरी प्रहार

गोकुलेश्वर । डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले जानकारी दिए।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँद वडा नं. ५ कै पुजाँरीगाउँमा एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा चोट लागेको छ।

खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरेको गोकुलेश्वर अस्पतालले जनाएको छ।

घटनाका बिषयमा जानकारी आएको र थप बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घटनास्थलमा प्रहरीको टोली खटाइएको र कसले खुकुरी प्रहार गरेको हो भन्ने बिषयमा खुल्न नसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।