चुनाव प्रचार गरेर फर्किदा भिरबाट लडेर मृत्यु

चुनाव प्रचार गरेर फर्किदा भिरबाट लडेर मृत्यु

प्यूठान। नौवहिनी गाउँपालिका-२ लिघा प्यूठानमा लडेर आइतबार राती एकजनाको मृत्यु भएको छ। चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ।

थापाको शव पोष्टमार्टमका लागि प्यूठान अस्पताल लगिएको नौवहिनी गाउँपालिका अध्यक्षका उमेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए। मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन्। स्थानीय तह निर्वाचनमा नौवहिनीमा माओवादी र कांग्रेसको चुनावी गठबन्धन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।