जनताले परिवर्तन चाहेका छन्, जित सुनिश्चित छ : धामी

जनताले परिवर्तन चाहेका छन्, जित सुनिश्चित छ : धामी

गोकुलेश्वर । शैल्यशिखर नगरपालिका-६ बाट नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार कल्यानसिंह धामीले जनता परिवर्तनको पक्षमा भएको बताएका छन्।

चुनावी प्रचारको सिलसिलामा मिलमिली क्षेत्रमा रहेका धामीले जनता भ्रष्टाचार र कुशासनबाट दिक्क भइसकेकाले आसन्न चुनावमा परिवर्तन देख्न पाइने बताएका हुन्।

धामीले शैल्यशिखरमा नेकपा एमालेको स्थिति मजबूत भएको बताउँदै विपक्षमा भएर पनि आफूहरूले जनताको सेवा गरेकाले जित सुनिश्चित भएको उल्लेख गरे । उनले भने, ‘जनताले परिवर्तन चाहेका छन्, मेयर र उपमेयरलगायत सबै पदमा हाम्रो जित सुनिश्चित छ।’

शैल्यशिखरमा एमालेबाट मेयरमा विजयसिंह धामी र उपमेयरमा शान्ति खडायतले उम्मेदवारी दिएका छन् भने सत्तारूढ गठबन्धनबाट मेयरमा अमरसिंह धामी र उपमेयरमा राजमती बम पालले उम्मेदवारी दिएका छन्।

त्यस्तै वडा नं. ६ को वडाध्यक्षका लागि एमालेबाट कल्यानसिंह धामी र गठबन्धनबाट जगदिश धामीले उम्मेदवारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *