ट्याक्टर दुर्घटना हुँदा डोटीमा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा डोटीमा चालकको मृत्यु

डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक धनगढी उपमहानगरपालिका–१ का ३६ वर्षीय प्रेमकुमार कठरीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

डोटीको शिखर नगरपालिका–१ मा से १ त ९२६४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार शिखर–२ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।