महाकाली : स्थानीय निर्वाचन २०७४ समीक्षा

गोकुलेश्वर । स्थानीय तहको निर्वाचन २०७८ले स्थानीय तहको माहोल तताईंरहेको छ। दलहरु यतिबेला आफ्ना वडा सदस्यदेखि पालिका प्रमुख उपप्रमुखसम्मका उम्मेदवारहरुका नामहरु टुगों लगाउने अन्तिम तयारीमा रहेका छन्।
यसैबीच महाकालीमा वर्तमान दुई ठूला दलहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। स्थानीय निर्वाचन २०७४मा कांग्रेसको बहुमत देखिएको महाकालीमा मेयरमा कांग्रेसबाटै हंसराज भट्टले जितेका थिए भने उपमेयरमा पनि कांग्रेसबाटै सुना बोहरा विजयी भएका थिए। स्थानीय निर्वाचन २०७४मा एमालेबाट मेयरका उम्मेदवार नरसिंह चैसिर मेयर पदमा भट्टसंग ५६७ मतान्तरले हारेका थिए।
९ वडा रहेको महाकालीमा स्थानीय निर्वाचन २०७४ मा १३ हजार २ सय ८४ मतदाता रहेका थिए।
जसमध्ये कांग्रेसले वडा नं १, २, ३, ४, ५, ६, ७ र ८ गरी कुल ८ वडा जितेको थियो भने एमालेले वडा नं ९ गरी कुल १ वडा जितेको थियो।