को हुन् शैल्यशिखरमा एमालेबाट उपमेयरकी उम्मेद्धवार खडायत ?

गोकुलेश्वर । आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढीरहँदा दलहरु यतिबेला आफ्नो उम्मेद्धवारी टुग्यांउन ब्यस्त रहेका छन्। यसैबीच नेकपा एमालेले शैल्यशिखर नगरपालिकामा मेयर, उपमेयरसहित विभिन्न वडाका उम्मेद्धवारहरुको टुगों लगाइसकेको छ।
शैल्यशिखरमा एमालेको तर्फबाट मेयरमा वडा नं ६ ग्वानीका विजयसिंह धामीलाई र उपमेयरमा वडा नं १ बलाँचका शान्ती खडायतको उम्मेद्धवारी टुगों लगाइसकेको छ। यस्तै धेरैजसो वडाहरुको उम्मेदवारी पनि टुगों लगाइसकेको छ।
को हुन् त उपमेयरकी उम्मेद्धवार खडायत?
उमेरले ४० वर्ष टेक्दै गरेका खडायतको जन्म दार्चुलाकै साविकको शर्मोली गाविस तथा हालको लेकम गाउँपालिका-१मा भएको हो। गोकुलेश्वर उच्च माध्यमिक विद्दालयबाट एसलसी र कक्षा १२ उतिर्ण गरेकी खडायत अध्ययनमा सधैं अब्बल रहने महिला हुन्।
गरिब परिवारमा जन्मिएकी खडायतको माइती परिवार भने साउँद हुन्। हुर्कदैंदेखि नै गाउँमा दिनहुँ हुने घासदाउरा, पाखापखेरा, गाईबाख्राभैँसी चराउनेदेखि खेतको कामसम्म भ्याउने उनी समय निकालेर अध्ययन गर्ने गर्थिन्। उनको बाल्यअवस्थादेखि किशोरावस्था त्यसैगरी गाउँमै मकैको रोटी, महीं, हरियो धनियाँ र नुनसँगै बित्यो। उनका लागि त्यतिबेला भात र गहुँको रोटी खान पाउनु भनेको तिहारकै दिन आए जस्तै हुन्थ्यो।
वर्षौ लगाउनु पर्ने एउटै स्कुले कपडाहरु, फाटेर टालेका अन्य कपडाहरु र दिनहु गाउँघरकै कामको बाहेक उनी आफ्नो समय निकालेर पढ्न भने अब्बल रहेको अझै पनि उनका स्कुलका शिक्षकहरु बताउँछन्। समयबित्दै गयो उनी आफ्नो जीवनमा दु:ख सुख गरेर अध्ययनमा उत्कृष्ट हुँदै गइन। उनले अध्ययनकै क्रममा स्कुले बालबालिकालाई पढाउने शिक्षण पेशा समेत अंगालिन्।
यसरी समय बित्दै जादाँ उनको बिवाह साविकको बलाँच गाविस र हालको शैल्यशिखर नगरपालिका वडा नं.१का एक खडायत परिवारसंग भयो। एउटैं भेग र समुदाय बुझेको परिवारसंग उनको बिवाह भएपछि उनको जीवनमा केही परिवर्तन आयो। सानै उमेरदेखि पढाइमा उत्कृष्ट उनीले सोचेभन्दा राम्रोसाथ आफ्नो श्रीमानबाट पाए। बिहेपछिको केही समयमा श्रीमानसंगै उनी दार्चुला खलंगामा बस्न थाले। उनीले खंलगास्थित दार्चुला बहुमुखी क्याम्पसबाट बीएडमा स्नातक उतिर्ण गरिन्। ततपश्चात खलंगाकै बसाईका क्रममा तत्कालिन जिल्लास्थित जिल्ला उर्जा शाखा कार्यालयमा वित्त प्रशासक भएर पनि काम गरिन्।
किशोरावस्था देखि नै छुवाछुत, भेदभाव, कुप्रथा, हेपाहा प्रविति, अन्धविश्वासको घोर विरोध गर्ने उनी क्रान्तिकारी र अटेरी स्वभावकी महिला थिइन्। विस्तारै बुझ्दै र समाज परिवर्तनका लागि अध्ययन गर्दै जाँदा आफू एक क्रान्तीकारी नारी भएकी महशुस गरिन्। उनीले आफ्नो जीवनस्तर त माथि उकासिने जस्तो देखिन तर आफ्नै बाल्यकालका दौतरी साथीहरु, गाउँले आमा, भाउजू, दिदी, बहिनीहरु अझ उस्तै गाउँको जीवनका सम्याहरुको उस्तै भोगाइले उनको मानसपटलमा सताइरहन्थ्यो।
यसैबीच उनलाई आफ्नो श्रीमानको पूर्णसाथ मिल्यो र यस्ता समस्या राजनीतिकै माध्यमबाट समाधान हुने सोचका साथ उनी विसं २०६२ सालमा नेकपा एमालेको सदस्यता लिइन्। ततपश्चात खुलेर राजनीतिमा आउने उत्कट इच्छा हुदाँहुदै पनि आफ्ना हुर्कदैं गरेका साना छोराछोरीका कारण खुलेर राजनीतिमा आउन सकिनन् तर पार्टीका बैठक तथा विभिन्न कार्यक्रमहरुमा सहभागी देखाउँदै गइन्।
ततपश्चात उनी दार्चुलाबाट काठमाडौंका लागि गइन्। काठमाडौं जाने उनको एक मात्र कारण थियो दार्चुलाका महिलाहरु विभिन्न कारणले घरेलु र अन्य हिंसा परिरहेका छन् र उनका लागि दार्चुलामा लड्ने कोही महिला अधिवक्ताहरु छैनन्। उनले काठमाडौंमा ३ वर्ष लगाएर कानुनमा स्नातक गरिन्। काठमाडौंमा कानुनी अनुभवहरु बटुल्दै जाँदा उनको सामु नजिकै अहिलेको स्थानीय तहको चुनाव आइपुग्यो। यसैबीच उनले सोचिन् मेरो लागि मेरो क्षेत्रका महिलाहरु र क्षेत्रको लागि अहिलेसम्म मेरो मेहनत, सिप, क्षमता, अनुभव र काम गरेर देखाउने आफू परिपक्व रहेको महशुस गर्दै यो चुनावलाई सोही काम गर्नका लागि एक माध्यम बनाएर शैल्यशिखर फर्किन् पार्टीले बुझे उपमेयरमा आफ्नो उम्मेदवारी दिने सोचसहित।
उनले सोचे अनुरुप सर्वसम्मत एमालेबाट शैल्यशिखरको उपमेयरका लागि सिफारिस भइन्।
हालपनि एमाले निकट दार्चुला काठमाडौं सम्पर्क मञ्चकि उपसचिवसमेत रहेकी उनी जिल्लामा पार्टीगत हिसाबमा हेर्दा सबैभन्दा शिक्षित, कानुन बुझेको, अनुभवी र युवा नेतृ हुन्। उनीसँग निर्वाचित भइसकेपछि नगर उपप्रमुखको प्रमुख जिम्मेवारी मध्येको एक न्यायीक समितिले गर्ने काम सशक्त गर्नसक्ने उनमा क्षमता रहेको छ।
यसैगरी आफ्नै गाउँघरमा हुर्केकी र गाउँघर बुझेकी उनी महिला शसक्तिरण र नगरपालिकाको विकासका लागि योजना भएकी अहिलेकी एक मात्र शिक्षित नेतृसमेत हुन्। मिलनसार र सहज स्वभाव भएकी उनी शैल्यशिखर नगरपालिकाको जनताले नेतृत्व गर्ने मौका दिए महिला सश्तिकरण, न्यायिक क्षेत्र, वित्तिय क्षेत्रमा आफ्नो अनुभव रहेको बताउँदै नगरपालिकाको विकासका लागि धेरै योगदान गर्ने उनी बताउछिन्।
‘पार्टीले भख्खर मात्र मेरो उम्मेदवार टुगों लगाएका हुदाँ म अहिले अलिकति प्रचारप्रसारमा र मेरा बाँकी योजनका लागि घोषणा पत्र लेखेर नै जनता माझ ल्याउने’ उनले भनिन्।
(खडायतसंगको कुराकानीमा आघारित)