शैल्यशिखर : माओवादीले टुगों लगायो मेयर र उपमेयरका उम्मेद्धवार

शैल्यशिखर : माओवादीले टुगों लगायो मेयर र उपमेयरका उम्मेद्धवार

गोकुलेश्वर । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएस‌ंगै शैल्यशिखर नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरका उम्मेदवारको टुगों लगाएको छ।

गोकुलेश्वरमा बसेको माओवादी केन्द्रको बैठकले शैल्यशिखर नगरपालिकाको मेयरमा गोकुलेश्वरकै कर्ण बहादुर भण्डारी र उपमेयरमा पनि गोकुलेश्वरकै व्यवसायी तथा महिला अभियन्ता हरमति ठगुन्ना(बसन्ती)लाई उम्मेद्धवार बनाउने सर्वसम्मत निर्णय गरेको छ।

सत्तारुढ दलहरुले केन्द्रदेखि नै गठबन्धन गर्ने निर्णय गरेपनि दार्चुलाका स्थानीय तहहरुमा गठबन्धन हुने वा नहुने अझै टुगों लाग्न सकेको छैन।

यसअघि शैल्यशिखरमा कांग्रेस र एमालेले पनि आफ्ना मेयर र उपमेयरका उम्मेद्धवारको टुगों लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।