बैतडी गठबन्धन : कांग्रेसलाई दोगडा र पञ्चेश्वर, माओवादीलाई डिलाशैनी

बैतडी गठबन्धन : कांग्रेसलाई दोगडा र पञ्चेश्वर, माओवादीलाई डिलाशैनी

गोकुलेश्वर। सत्ता गठबन्धनमा सामेल दलहरुले बैतडीका केही पालिकामा बाडफाड टुंग्याएका छन्। पहिलो चरणमा जिल्लाका ३ वटा स्थानीय तहमा भागबण्डा गरिएको हो। बाँकी ६ वटामा पनि सहमतिमा पुग्ने गरी छलफल जारी छ।

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष कांग्रेसको भागमा परेको छ। त्यहाँ उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ। यो पालिकामा कांग्रेसले रमेशसिंह भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। नेकपा एमालेले भने हालका पालिका अध्यक्ष गोरखबहादुर चन्दलाई दोहो-याउँदै छ।

दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ। उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति जुटेको छ। कांग्रेसले अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ। डिलाशैनी गाउँपालिकाको अध्यक्ष भने माओवादी केन्द्रलाई दिने सहमति भएको छ। यहाँ उपाध्यक्ष काँग्रेसले लिने भएको छ।

बैठक स्रोतका अनुसार अन्य पालिकाको बाडफाडका लागि छलफल जारी छ। सिगास र सुर्नया गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले दाबी गरिरहेको छ। यी दुबै पालिका उसैलाई दिने सम्भावना बढी छ।

माओवादीले पुरचौंडी नगरपालिका पाउनेमा उनीहरु ढुक्क छन्। त्यसबाहेकका दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिकाको छिनोफानो हुन बाँकी छ। यी नगरपालिकामा कांग्रेसको दाबी छ। माओवादीले मेलौलीमा पनि दाबी गरिरहेकाले सहमति जुटन नसकेको बैठक स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।