आईपीएल : मुम्बईको लगातार छैटौं हार

आईपीएल : मुम्बईको लगातार छैटौं हार

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मुम्बईले लगातार छैटौं हार बेहोरेको छ।

यस सिजनको सुरुवाती खेलदेखि लगातार हार बेहोर्दै आएको मुम्बई आज आफ्नो छैटौं खेलमा लखनउ सुपर जायन्टसंग पनि पराजय भएको छ।

टस हारेर ब्याटिङ्‌को निम्ता पाएको लखनऊले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन जोडेको थियो। जवाफि ब्याटिङ्‌मा उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८१ रन मात्र जोड्न सक्यो।

आईपीएलमा सर्वाधिक सफल मानिएको मुम्बईले यस सिजन खराब प्रदशन गरिरहेको छ।

मुम्बई यस सिजन दिल्ली, राजस्थान, कलकत्ता, बेंगलोर र पन्जाबसंग पनि पराजित भइसकेको छ। यससंगै मुम्बईको प्लेअफमा पुग्ने सम्भावना पनि न्युन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *