लेकम : एमालेबाट अध्यक्षमा जोशीको उम्मेदवारी

गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले परमानन्द जोशीलाई उम्मेदवार बनाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा जोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
उनै जोशीलाई यसपटक पनि एमालले उम्मेदवार बनाएको छ। गाउँपालिका उपाध्यक्षमा हालकै उपाध्यक्ष माधवी जोशीलाई उम्मेदवार बनाउने तयारी रहेको एमाले निकट स्रोतले जनाएको छ। उपाध्यक्षमा जोशी र एमाले जिल्ला कमिटी सदस्य सुशिला अवस्थीले पनि इच्छा देखाएका छन्।
गाउँपालिका अध्यक्षमा परमानन्द जोशीलाइ उम्मेदवार बनाउने सहमति भएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले बताए। ‘उपाध्यक्षका लागि आकांक्षिहरुबीच छलफल भइरहेको छ,’ उनले भने, ‘उपाध्यक्ष पदको उम्मेदवार पनि चाडैँ छनौट गर्छौ।’