शैल्यशिखरमा एकैठाउँका धामी भर्सेस धामी, कसको पल्ला भारी

शैल्यशिखरमा एकैठाउँका धामी भर्सेस धामी, कसको पल्ला भारी

गोकुलेश्वर । आसन्न स्थानीय तहको चुनाव नजिकिएसँगै यति बेला राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनका लागि आआफ्नो उम्मेदवारी टुग्ंयाउनमा लागी परिरहेका छन्। यसैबीच दार्चुलाको शैल्यशिखर नगरपालिका दुई ठूला दलहरुलदे पालिका नेतृत्वका लागि सर्वसम्मत उम्मेदवार चयन गरिसकेका छन्।

शैल्यशिखरमा नेकपा एमालेले विजयसिंह धामी र नेपाली कांग्रेसले अमरसिंह धामीलाई मेयरको सर्वसम्मत उम्मेदवार चयन गरेको छ। शैल्यशिखरका दुई ठूला दलरहेका एमाले र कांग्रेसबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ। रोचक यसकारण पनि रहेको छ कि दुवै उम्मेदवार साविकको ग्वानी गाविसकै हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट अमरसिंह धामीले नै चुनाव जितेका थिए। २०७४ सालमा गठबन्धन नरहेर एक्लै चुनाव जितेका धामी यसपटक सत्तारुढ दलहरुबीच गठबन्धन रहेको आफूले नगरपालिकाको नेतृत्वमा रहेको धेरैको मन जितेको धामीको दाबी रहेको छ भने एमालेका उम्मेदवार धामीभने कांग्रेसले नगरपालिकामा छँदा केही काम नगरेको र भ्रष्टाचारमात्र गरेको आरोप उनको रहेको छ।

सोही विषयलाई चुनावी एजेन्डा बनाउने दाबी गरिरहेका दुइटै दलहरु मध्ये कांग्रेस सत्तारुढ गठबन्धनको दल भएकाले यस पटक पुन: शैल्यशिखर कांग्रेसले नै पाउने सम्भावना बढी रहेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *