सुदूरपश्चिम सरकार नयाँ मन्त्रीले लिए सपथ

सुदूरपश्चिम सरकार नयाँ मन्त्रीले लिए सपथ

गोकुलेश्वर : सुदूरपश्चिम प्रदेश सरकार नव नियुक्त मन्त्रिहरुले सपथ लिएका छन्।

आजराति देखि निर्वाचन आचारसंहिता लागु हुने भएपछि हतारहतारमा कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो। नयाँ गठित मन्त्रिपरिषद्‌मा कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून मन्त्री, गोबिन्द बोहरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनीहरुले सपथ ग्रहण गर्ने पनि गरिसेका छन्।

यसअघि यी मन्त्रालय नेकपा एकीकृत समाजवादीले सम्हाल्दै आएको थियो।

आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीकै प्रकाश रावल नियुक्त भएका छन्। एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ। उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो। भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजवादीकै कुलबीर चौधरी नियुक्त भएका छन्।

अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन्। सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ।

यसअघिसम्म प्रतिपक्षमा रहेको काँग्रसले स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला सत्तारुढ गठबन्धनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा काँग्रेसले आफूलाई सरकारमा सामेल नगराएकाले स्थानीय निकायको चुनावमा गठबन्धन हुन नसक्ने बताउँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।