रूसमा इन्टेलको सबै व्यापार बन्द

रूसमा इन्टेलको सबै व्यापार बन्द

काठमाडौं । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादकमध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ । ’तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं,’ कम्पनीले भनेको छ ।

कम्पनीले भन्यो, ’हामी रुसमा रहेका हाम्रा १हजार २०० कर्मचारीहरू सहित हाम्रा सबै कर्मचारीहरूलाई यो कठिन परिस्थितिमा सहयोग गर्न आग्रह गरिरहेका छौं । हामीले हाम्रा विश्वव्यापी सञ्चालनमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं,’

रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले युक्रेनी सेनाको तीब्र आक्रमणबाट सुरक्षाका लागि गरेको आह्वानको जवाफमा युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको थियो । रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य पूर्वाधारलाई लक्षित गर्ने विशेष अपरेसनको उद्देश्य युक्रेनलाई ’असैनिकीकरण’ गर्ने बताएको छ। मस्कोले युक्रेन कब्जा गर्ने कुनै योजना नरहेको बताएको छ । यद्यपि पश्चिमा राष्ट्रहरुले रुसमाथि थुप्रै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *