सुनचाँदीकै मूल्य घट्यो, आजको भाउ कति?

सुनचाँदीकै मूल्य घट्यो, आजको भाउ कति?

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९८ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *