अछाममा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

अछाममा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

गोकुलेश्वर । अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका-७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चैते दशैंको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो। जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते सोही गाँउकी ४ बर्षीया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।