गर्वका साथ भन्छौ, परिमार्जित भएर आयौं(सम्पादकीय)

गर्वका साथ भन्छौ, परिमार्जित भएर आयौं(सम्पादकीय)

‘हरेक पक्ष हाम्रो सरोकार’लाई मुलध्यये राखेर ३ वर्ष अगाडि देखि गोकुलेश्वरबाट औपचारिक प्रकाशन आरम्भ गरेको चौलानी खबर डटकमको अर्को यात्रा सुरु भएको छ। सुरुवाती समयमा भगौलिकरुपमा विकट भएको हुदाँ विभिन्न किसिमका समस्याहरुलाई थाती राख्दै भएनी अगाडि बढी रह्यौ। हुन् त अनलाइन पत्रकारितामा भौगोलिक सीमा र कलम मसीको बन्देज रहँदैन्।

अनलाइन जगतमा च्याउँ जस्तै उम्रेका अनलाइन माध्यमहरु भन्दा हामीले हाम्रा पाठक जगतलाई स्थापनाकाल देखि नै फरक स्वाद दिएको नियमित पाठहरुलाई सर्वविदितै छ। सोही फरक स्वाद दिने क्रममा समाचारले गर्दा हामीले विभिन्न आरोप प्रत्यारोपहरु पनि खेपेकै हौँ। चाँहे ‘छापामार शैली’मा आए भनेर होस वा ‘सरकारी कार्यालय’ले विज्ञप्ति नै प्रकाशित गरी कार्वाही नहुँदासम्म कार्यालयको सेवा ठप्प राखेर होस् वा व्यतिगत लान्छना लगाएर भएपनि उनीहरुले हामीलाई निरस्त पार्न कुनै कसुर बाँकी राखेनन्। तिनीहरुको हामी सधैँका लागि टाउको दुखाइको विषय बनिरह्यौं। त्यसैले फेरि गर्वका साथ भन्छौ हामी परिमार्जित भएर आयौं। हामी सधैँ समाचार, विचार र विश्लेषणमार्फत सम्बन्धित निकायमाथि औँला उठाइरहन्छौँ। विचार र अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा कुनै पनि विषयलाई सनसनीपूर्ण बनाएर सस्तो लोकप्रियता आर्जन गर्ने उद्देश्य हाम्रो थिएन र हुनेपनि छैन।

सोही फरक स्वाद दिने क्रममा समाचारले गर्दा हामीले विभिन्न आरोप प्रत्यारोपहरु पनि खेपेकै हौँ। चाँहे ‘छापामार शैली’मा आए भनेर होस वा ‘सरकारी कार्यालय’ले विज्ञप्ति नै प्रकाशित गरी कार्वाही नहुँदासम्म कार्यालयको सेवा ठप्प राखेर होस् वा व्यतिगत लान्छना लगाएर भएपनि उनीहरुले हामीलाई निरस्त पार्न कुनै कसुर बाँकी राखेनन्।

व्यावसायिक पत्रकारिताको चुनौतीपूर्ण अवस्थामा मिडिया सञ्चालन ल्याउनु कठिन विषय हो। तैपनि हामीले प्रयास जारी राखेका छौं। हामीले राजनीतिक पहुँचबाट सञ्चालित अधिकांश सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती त छँदैछ। साथै, अनलाइनहरूकै बीचमा प्रतिस्पर्धा गरेर आफ्नो भिन्नै पहिचान स्थापित गर्नुपर्ने अवस्था हामीले पहिले देखि नै नियाल्दै आएका छौं। अर्कोतर्फ भ्रामक र तथ्यहीन सूचनालाई ‘भाइरल’ बनाउने होडतर्फ लागेका सञ्चा्माध्यमलाई तथ्यपरक र विश्वसनीय बनाउने दायित्व पनि हाम्रो हो। विगतको समयमा हामीले उठाएका मुल मुद्दाहरुबाट विचलित नहुने दृढताका साथ प्रस्तुत हुने विश्वास दिलाउन चाहन्छौँ। हामी हाम्रो पत्रकारिताको मूल धर्मबाट विचलित हुनेछैनौं।

अन्तमा, हामी यहाँहरुलाई निरन्तर र ताजा समाचार दिने बाँचा त गर्दैनौ तर हाम्रा केही समाचार यस्ता हुनेछन् जुन तपाईंको नजरमा भने पक्कै पर्ने बाचा गर्छौ। हामी ताजा समाचारको भिडमा नबसि त्यस भित्रको वास्तविकताको गहन खोजीमा पुगेर दिनेछौं।

पाठकहरुको सल्लाह बमोजिम हामीले हाम्रो यस साईटको स्वरुप परिर्वतन गरेका हौं। साईटमा केही परिवर्तनहरु हुनेछन्। हाम्रा प्राविधिक साथीहरुले अझै काम गरिरहनु भएको छ। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा साइटको पूर्ण डिजाइन नसकिकनै हामी आएका छौं। यस यात्रामा अहिलेसम्म साथ दिने सम्पूर्णलाई धन्यावाद। अगामी दिनमा पनि साथ सहयोगको आशा गर्दछौं।

अध्यक्ष/सम्पादक
भूपेन्द्रसिंह धामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।