दार्चुलाका युवामाथि चक्कु प्रहार

दार्चुलाका युवामाथि चक्कु प्रहार

गोकुलेश्वर । महाकाली नगरपालिका–५ मा बिहीवार राति एक युवकमाथि चक्कु प्रहार भएको छ । करिब १० बजेतिर घरबाटै बोलाएर अभिषेक ऐरीमाथि ५–६ जनाको समूहमा आएका हरुले चक्कु प्रहार गरेका हुन् ।

घाइतेलाई थप उपचारका लागि भारतको पिथौरागढस्थित अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रतिक बिष्टका अनुसार चिनजान कै युवाले राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरेको खुलेको छ । ‘एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘घटनामा संलग्न अरुको पनि खोजि भइरहेको छ ।’

एक सातादेखि उक्त क्षेत्रमा रात\बिरात युवाहरु समूहमा हिड्ने गरेको स्थानीयले बताए । यो घटनाले पनि ग्याङफाइटको रुप लिन सक्ने भन्दै प्रहरीले सुरक्षा निगरानी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।