‘दिल बेचारा’ ले बनायो छोटो समयमा बढी हेरिएको फिल्मको रेकर्ड

‘दिल बेचारा’ ले बनायो छोटो समयमा बढी हेरिएको फिल्मको रेकर्ड

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ले छोटो समयमै बढी भ्युज पाउने रेकर्ड बनाएको छ। फिल्म डिज्ने प्लस हटस्टारबाट जुलाई २४ मा सार्वजनिक भएको थियो।

फिल्ममा सुशान्तसँगै अभिनेत्री सन्जना सांघीको मुख्य भूमिका छ। एक स्वतन्त्र ट्र्याकिङ फर्मका अनुसार, डिज्ने प्लस हटस्टारमा फिल्मले हालसम्मकै भ्युअरसिप रेकर्ड तोडेको छ। फिल्म प्रिमियर भएको २४ घण्टामा ९ करोड ५० लाखले फिल्म हेरेको भारतीय अखबार हिन्दुस्तान टाइम्समा जनाइएको छ।

फर्मका एक प्रतिनिधि ओर्म्याक्स मिडियाअनुसार फिल्मको भ्युअरसिप संख्या एचबिओ च्यानलबाट प्रसारण लोकप्रिय श्रृंखला ‘गेम अफ थ्रोन्स’ को भ्युअरसिप संख्यासँग तुलना गर्न सकिन्छ। ‘दिल बेचारा’ अभिनेता सुशान्तसिंह राजपुतको करिअरको अन्तिम फिल्म हो।

सुशान्तसिंहले गत जुन १४ मा आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नुअघि जुलाई २४ फिल्म डिज्ने प्लस हटस्टारबाट सार्वजनिक गर्ने घोषणा भएको थिएन। मुम्बई बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर सुशान्तसिंहले आत्महत्या गरेका थिए। फिल्म डिज्ने प्लस हटस्टारको सदस्यता लिएका तथा नलिएका हरेक प्रयोगकर्ताले नि:शुल्क हेर्न पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।